शिक्षक सेवा आयोगद्धारा प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग

४ बर्ष अगाडि

काठमाडौं - शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गरेको छ  । मंगलबार बसेको आयोगको बैठकले ठूलो संख्यामा शिक्षकको विज्ञापन गरी स्थायी नियुक्तिको तयारी गरेको हो  । 

आयोगले बुधबार समावेशी रूपमा विज्ञापन गर्दै छ  । प्राथमिक शिक्षकका लागि खुलामा सात हजार दुई सय तीन, महिला एक हजार आठ सय ५४, दलित महिला ६०, मुस्लिम महिला ३० जना माग गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, आदिवासी जनजाति एक हजार पाँच सय ९०, मधेसी एक हजार दुई सय ९८, दलित पाँच सय ३०, अपांगता भएका दुई सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गर्ने निर्णय गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया