७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव

३ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीले नेपाली कामदारका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियासहित ७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताए ।
 
ती देशमा रहेका नेपालीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी सहचारी राख्ने बताइए पनि मुलतः आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने प्रमुख उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको बताइएको छ । 

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी कार्यरत रहेका छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरवन्दी रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया