मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट,करिब साढे ७ लाख कित्ता शेयर खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात रु.१३.३० ले बढेर प्रतिकित्ताको मूल्य रु.१४६.४० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ७ लाख ४० हजार ७७२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया