काठमाडौं - सवारी दुर्घटनामा परी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धकको मृत्यु भएको छ । गयराती कपिलवस्तुको बाणगंगा नगरपालिका बुङ्चीस्थित महेन्द्र राजमार्गमा भएको कार दुर्घटनामा परी बाणगंगा नगरपालिका–१ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो ।
पाण्डे जितपुर चार नम्बरमा रहेको शाइन रेसुङ्गा बैंकको शाखा प्रबन्धकका रुपमा कार्यरत थिए । दुर्घटनमा अन्य दुईजना गम्भीर घाइते छन् । तीन जना सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र त्यसलगत्तै कार अर्को बससँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केहीबेरमा पाण्डेलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक पाण्डेसँगै कारमा सवार अन्य दुईजना घाइतेको बुटवलमा उपचार भईरहेको छ ।
प्रतिक्रिया