नेप्सेमा सूचीकृत समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिमदिन, साधारण सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेप्सेमा सूचीकृत समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

धारण सभा प्रयोजनार्थ लघुवित्तले भोली अर्थात पुस १५ गते बुकक्लोज गर्नेछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

समीट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने, सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्ज र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यसका साथै कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया