काठमाडौं - आज विहानैदेखि काठमाडौं उपत्यकाको वासपासमा रहेका सबै भन्ज्याङमा हिमपात भएको छ । जल तथा मौषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजधानी उपत्यकाको नगरकोट, फुल्चोकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपात सहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ ।
आज दोलखाको कालिन्चोकमा भारी हिमपात भएको छ । त्यस्तै मकवानपुरको दामनमा पनि हिउ परेको छ । नुवाकोटको ककनीमा पनि हिउ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात भएको जनाएको छ ।
आज दिनभरी नै पानी पर्ने मौषमविदको भनाई छ ।
प्रतिक्रिया