काठमाडौं - मञ्जुश्री फाइनान्स र इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
मञ्जुश्री फाइनान्सको मंसिर २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोहि प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
संस्थाको पाचौँ वार्षिक साधारण सभा पौष २७ गते होटल द नारायणी, गैँडाकोट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया