दुई कम्पनीको बोनस नेप्सेमा सामायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी र मित्तेरी डेभलपमेन्ट बैंकको बोनस शेयर समायोजन भएको हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले हिजो पौष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक पाचौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु समेत पारित गरिनेछ ।

मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४३ रूपैयाँ ०७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५ सय २ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २८ गते, सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । सभाले  बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया