आजसम्म कायम सेयरधनीहरूले मात्र इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र चिलिमे जलविद्युतको लाभांश पाउने, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र चिलिमे जलविद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे हुनेछ ।  

चिलिमे जलविद्युत् कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट हालको चुक्तापुँजीको ७।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७।५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । यो लाभांश हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको २५ औं वार्षिक साधारण सभा पुस २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज काठमाडौंमा हुने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया