प्रतिकित्ता १ हजार ४ सय ८८ रूपैयाँ ४६ पैसा कायम हुनेगरी नेप्सेमा उन्नति सहकार्य लघुवित्तको बोनस शेयर समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज९नेप्से०मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर समायोजन भएको छ । लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ४ सय ८८ रूपैयाँ ४६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । 

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ३५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाको पौष ३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा पौष २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

बोनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०५ कायम गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया