काठमाडौं, नेप्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सरक्षित गर्ने आज (पुस १३ गते) अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मितेरी डेभलपमेन्ट बैंक, उन्नती सहकार्य लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीले भोलि अर्थात पुस १४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त प्राप्त गर्न सक्नेछन्।
मितेरी डेभलपमेन्ट बैंकले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरानमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश पारित गर्नेछ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस २८ गते, होटल मौर्या, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बानेस शेयर वितरण गर्ने, सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ ३ पैसा बराबरको एफपीओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा छैठौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशतका दरले बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया