भोलिदेखि नेपाल पुनर्बीमा कम्पनीको बुकक्लोज, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि बुधबार पुस १४ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले पुस २२ गते हुने साधारण सभाका लागि भोलिदेखि बुकक्लोज गर्ने भएको हो । 

भोलिदेखि बुकक्लोज हुने भएपछि उक्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंगलबार पुस १३ गते अन्तिम दिन हो । 

कार्की ब्यांकेट बबरमहल काठमाडौंमा भोली बिहान ११ बजे सुरु हुने सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १६.५०५ बोनस सेयर र कर प्रयोजन सहित २.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै छ । 

कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफानोक्सान र नगद प्रवाहमा छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया