काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीको कावासोती शाखाले मध्यविन्दु नगरपालिका–७ का मृतक बीमित अर्जुन प्रसाद भट्टको घरमा नै गई उनकी श्रीमति शुसिला भट्टलाई उक्त दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त शाखाका शाखा प्रमुख टोप बहादुर राना मगरले बीमितकी श्रीमति भट्टराईलाई बीमा दाबी वापतको ५ लाख बीमाङ्क रकम २४ हजार बोनस गरि ५ लाख २४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया