एभरेष्ट बैंकको  मोबाइल बैकिङ्ग ४ घण्टाका लागि बन्द रहने

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैकिङ्ग आज बेलुका ८ बजेदेखि ४ घण्टाका लागि नचल्ने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल  बैकिङ्ग सेवालाई परिमार्जित गरी आफ्ना ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उक्त सेवालाई इबीएल ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गर्न लागेकाले मोबाइल बैंकिंग सेवामा अवरुद्ध आउने बैंकले जनाएको छ ।

बैंकले सो प्रयोजनका लागि पुष १३ गते अर्थात् आज बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि मोबाइल बैंकिङ्ग सेवा अवरुण हुने जानकारी गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया