४ दिनमा २३२ अंकले बढेको शेयर बजार एकैदिनमा करिब ७० अंकले घट्यो, कारोबार रकम भने वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो चार दिनमा २३२ अंकले बढेको शेयर बजार साताको दोस्रो कारोबारको दिन (सोमबार) एकैदिनमा ६९.७७ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ६९.७७ अंकले घटेर  २५२१.६५ विन्दुमा पुगेको छ । नेप्से २.६९ प्रतिशतले घटेको हो । 

कारोबारमा आएका कूल २३८ वटा कम्पनीको १ करोड २ लाख ९२ हजार २२६  ८६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६० करोड १७ लाख बढीको कारोबार भएको छ ।

आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३० करोड ६० बढीको कारोबार भएको हो । 

आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमध्ये मध्य भोटेकोशी र गोर्खाज फाइनान्स रहेका छन् । 

यस दिन जोशी हाइड्रोपाव।कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ८.५४ प्रतिशतले घटेर ३ सय रूपैयाँमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया