जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा आलोपालो प्रणालीमा सेवा प्रवाह गरिने

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक धुलिखेलमा आलोपालो प्रणालीमा सेवा प्रवाह गरिने भएको छ  । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट बच्नुका साथै कार्यलयमा नयाँ नागरिकता लिने सेवाग्राहीको चाप अत्याधिक बढेकोले उक्त सेवा प्रवाह गर्ने भएको हो । 

प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गर्दै नयाँ नागरिकता सेवा प्रवाह बारे कार्य शुचि प्रकाशन गरेको जानकारी दिएको छ । जसअनुसार आइतबार र बुधबार धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउपालिका, र तेमाल गाउँपालिकालाई सेवा प्रवाह गरिने छ । 

सोमबार र विहीबार पनौती नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लु गाउपालिका र रोशी गाउपालिका साथै मंगलबार र शुक्रबार बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई सेवा प्रवाह गरिने कार्यतालिका रहेको छ । 

उक्त आलोपालो प्रणाली पुष १५ गतेबाट लागू हुने प्रशासन कार्यालय काभ्रपलाञ्चोक धुलिखेलले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया