सामुदायिक लघुवित्तमा विभिन्न ८ पदका लागि कर्मचारी माग, योग्यता एसइई देखी स्नातक तह उत्तिर्ण

४ बर्ष अगाडि

काठमाडौं, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले नायब ब्यवस्थापक (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (आन्तरिक लेखापरीक्षण) का लागि १ जना, कनिष्ठ अधिकृत (अनुगमन लेखापरीक्षण) का लागि ८ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) का लागि १ जना, सुपरिवेक्षक (सूचना प्रविधि) का लागि १ जना र बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखी स्नातक तह उत्तिर्ण कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित (पुस १२ गते( भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय वा संस्थाको इमेल मार्फत दरखास्त आवेदन दिन सकिनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया