काठमाडौं-कारोबारको दोस्रो दिन( सोमबार) धितोपत्र बोर्डको दोस्रो बजारमा नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ ।
कारोबार सुरु भएको साढे तीन घण्टाको अवधीमा मध्य भोटेकोशीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
आज मध्य भोटेकोशीको १४ लाख ७८ हजार ३१९ कित्ता शेयर खरिदमाग भएको छ ।
यस्तै,सनराइज फस्ट म्युच्अल फण्डको ३ लाख ७५ हजार ५५० कित्ता, गोर्खाज फाइनान्सको ३ लाख ४६ हजार ४६१ कित्ता,सानिमा इक्विटी फण्डको १ लाख ९४ हजार ५०० कित्ता र एनएमबि ५० को १ लाख ८६ हजार ६०० कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया