काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले थप २ वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा सञ्चालनमा ल्याएको हो ।
यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया