कुवेतको एक कम्पनीमा नेपाली कामदारका लागि रोजगारको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

 काठमाडौं - कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको hawait island flowers company w.l.l.कम्पनीले विभिन्न पदका लागि १० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नसहित तलब ३३ हजार माथिदेखि ७१ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले इलाइट एच आर सोलुसन प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा पुष १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया