काठमाडौं,देशभर सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेकामध्ये अझै ७ वाणिज्य बैंकको बुकक्लोज हुन बाँकी रहेको छ । यसरी लाभांश पाइने बैंकमा नबिल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक र सिभिल बैंक रहेको छ ।
गत आवबाट नबिलले ३८ प्रतिशत,हिमालयनले २६ प्रतिशत, कृषि विकास बैंकले २१.०५, एनआईसी एशिया बैंकले १५.७९, सिद्धार्थ बैंकले १५, सेञ्चुरी बैंकले ६.०५ र सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छन् ।
नबिल बैंकले लाभांश प्रयोजनाका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।
यस्तै,हिमालयन बैंकले पुस १९ गते,कृषि विकास बैंकको पुस १६ गते,सिद्धार्थ बैंकको पुस १८ गते,सञ्चुरी बैंकको पुस १९ गते र सिभिल बैंकले पुस २० गते बुक क्लोज गर्ने निर्णय रहेका छन् ।
लाभांश घोषणा गरेका १३ वाणिज्य बैंकहरुले साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेका छन् भने १९ बैंकको लाभांश र साधारण सभाका लागि बुकक्लोज भैसकेको छ । बुकक्लोज भैसकेका चार सहित १२ वाणिज्य बैंकको साधारण सभा सम्पन्न हुन बाँकी छ । एनआईसी एशिया बैंकले भने हालसम्म बुकक्लोज मिति मिति तोकेको छैन भने साधारण सभा समेत बोलाउन बाँकी छ ।
प्रतिक्रिया