हिमालयन बैंकको बुक क्लोजको मिति परिवर्तन, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेड एक सुचना सार्वजनिक गर्दै बुक क्लोजको मिति परिवर्तन गरेको जनाएको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको हुँदा पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

यस अघि भने बैंकले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने र पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने सूचनालाई संचाएको हो । हिमालयन बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया