काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले मंसिर २९ गतेबाट पौष ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा प्राप्त बोलपत्रहरू भोलि खोलिने भएको छ ।
उक्त बोलपत्रहरू मंगलबार दिउँसो १ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाट, काठमाडौँमा खोलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएको छ ।
बैंकले सर्वसाधारण समुहतर्फको २७ हजार २ सय ५७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।
प्रतिक्रिया