अहिले गरेको लगानीले केहि समयमा नै २-४ वटा घर किन्न सकिन्छ त्यसैले घर बेचेरै भएपनि सेयर किन्नु होस् : निर्मल प्रधान

४ बर्ष अगाडि

काठमाडौं - केहि समय अघिको एक अन्तरवार्तामा सेयर बेचेर घर घडेरी किन्न सुझाव दिएका ठुला लगानीकर्ता निर्मल प्रधानले अब लगानीकर्ताहरुलाई भएको घर घडेरी बेचेर भएपनि सेयरमा लगानी गर्न सुझाव दिएका छन् । 

नेपालको सेयर बजारमा आएको पछिल्लो करेक्सनले बजारलाई खरिदको अवसर दिएको भन्दै प्रधानले अहिले भनेको सेयर बजारमा प्रवेश गर्न चाँहानेहरुका लागि उक्तम र कम जोखिमको समय बताएका हुन् । 

उनले भने, 'अहिले भएको घर घडेरी बेचेरै भएपनि सेयर किन्ने समय भएको छ, अहिले गरेको लगानीले केहि समयमा नै २-४ वटा घर किन्न सक्ने गरी प्रतिफल दिन सक्छ त्यसैले अहिलेको समय ढुक्कले लगानी गर्ने समय हो ।' 
 

४ बर्ष अगाडि

प्रतिक्रिया