काठमाडौं - जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको शिगा सहरमा रहेको five sense restaurant कम्पनीले क्लिनरका लागि २ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब १ लाख ५७ हजार बढि पाउनेछ । खान बस्नको व्याबस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले क्यापिटल इन्टरनेशनल मेनपावर प्रालिको कार्यालय अनामनगर काठमाडौंमा पुष १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया