काठमाडौं, बलिउडमा ९० को दशकका ‘डान्स किङ’ भनिने गोविन्दालाई फिल्मी उद्योगमा ‘राजा बाबु’ भनिन्छ । आफ्नो अभिनय र डान्सको आडमा गोविन्दाले यो उद्योगमा आफ्नो फरक खालको पहिचान बनाएका छन् ।
कमेडी फिल्म देखि थ्रिलर र एक्सन फिल्मसम्म गोविन्दा सबै किसिमको भूमिकामा देखिएका छन् ।
गोविन्दाको डान्स गर्ने तरिका आज पनि धेरैले नक्कल गर्दै आएका छन् । फिल्मबाट पर भएपछि गोविन्दाको लाइफ स्टाइल ‘राजा बाबु’ को जस्तै छ । गोविन्दाले फिल्ममा नखेले पनि उनको वार्षिक आम्दानी करोडौँमा हुन्छ ।
कति छ गोविन्दाको कुल सम्पत्ति ?
भारतीय सञ्चार मीडिया रिपोर्टका अनुसार एक समयमा गोविन्दा फिल्मका लागि सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार मध्येका एक थिए । गोविन्दाको कुल सम्पत्ति १ अर्ब ५१ करोड भारु भन्दा बढी छ ।
उनको वार्षिक कमाई करोडौमा छ । ब्रान्ड विज्ञापनको माध्यमबाट गोविन्दा राम्रै रकम कमाउँदै आएका छन् । यसबाहेक गोविन्दाको कमाई रियल स्टेटबाट पनि हुने गरेको छ । मीडिया रिपोर्टका अनुसार गोविन्दा वर्षेनी १६ करोड रुपैयाँ कमाउँछन् ।
गोविन्दाका तीनवटक आलिसान बंगला छन् । जसको मूल्य करोडौँमा छ । गोविन्दा आफ्नो परिवारसँग मुम्बईमा बस्दै आएका छन् । यसका साथै उनको एउटा बंगला ‘मड आइल्यान्ड’ मा पनि छ ।
गोविन्दासँग करोडौँको विलासी कार पनि छन् । उनको कार संकलनमा मर्सिडिज बेन्ज, अउडी जस्ता कारहरु छन् ।
प्रतिक्रिया