एक घण्टामा मध्य भोटेकोशीको १० लाख बढी कित्ता शेयर खरिद माग, शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन(सोमबार) नेप्सेमा मध्य भोटेकोशीको १० लाख बढी कित्ता शेयर खरिद माग भएको छ ।

कारोबार सुरु भएको १ घण्टा बित्दाँ नेप्सेमा कम्पनीको १० लाख ५ हजार ५२४ कित्ता शेयर खरिद माग भएको छ  भने आज पनि बिक्रीमाग शून्य रहेको छ ।

सो अवधीसम्म कम्पनीको शेयरमूल्य ४ प्रतिशतले मात्र बढेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु. ११४.४० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया