काठमाडौं - सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समूह तर्फबाट एकजना संचालक निर्वाचित गरेको हो ।
कम्पनीले रिक्त रहेको सर्वसाधारण शेयरधनी तर्फको संचालक पदमा भूपाल मिश्रलाई निर्विरोध निर्वाचित गरेको हो । साथै सोही सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरीक्षकमा किञ्जल एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्स्लाई नियुक्त गरेको छ ।
प्रतिक्रिया