प्रि ओपन सेसन : २६०० को बिन्दुमा नेप्से, कति अंकले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २६०० विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७१.२० अंक बढेर २५९१.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.७८ अंक बढेर २६००.२१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३३ कम्पनीको ३२ लाख ८८ हजार २७८ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया