काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०सँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस अवसरमा वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि धन्यवाद दिँदै मन्त्री श्रेष्ठले नेपाली कामदारहरु सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताए ।
त्यसका लागि द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने बताउँदै सिसेल्स हेर्ने नेपाली दूतावास ९प्रिटोरिया० दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठले भनाइ राखेका छन् ।
राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्डसहित अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको जानकारी दिएका छन् । उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुन सक्ने बताउँदै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया