काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयर मूल्य समायोज भएको छ । बैंकको ८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६३ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २ सय ८४ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको चौबीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल हार्दिक, बागबजार, काठमाडौँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया