काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सको आइतबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ (कर सहित) बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
मङ्सिर २४ गते कायम सेयरधनीले मात्र सभाबाट पारित लाभांश पाउनेछन् । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी डा। बद्री प्रसाद पोखरेल र परिच्छिद खेमकालार्य निर्वाचित गरेको छ । यस्तै सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साथै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन अनुसार अनुमोदन गरेको छ ।
प्रतिक्रिया