काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २ रूपैयाँ ३८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ९३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ७२ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय २७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया