बिहीबारसम्म देशभर चिसो बढ्ने, बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

४ बर्ष अगाडि

आगामी बुधबारसम्म देशका केही भागमा हिमपात र वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । 

आंशिकदेखि सामान्य बदली भने देश भर नै रहने यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । बिहीबार सम्म नै अवधिमा अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेको उनको भनाइ छ । 

उनका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । साथै दूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको उनले बताइन् ।

मौसमविद मानन्धरले भनिन्, ‘देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै तराईका भू(भागमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्छ ।’

देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत मौसमविद् प्रधानले बताइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया