श्रीे एयरलाइन्सले ल्यायो नयाँ जहाज, चाँडै २ वटा थप्ने

३ बर्ष अगाडि

वायुसेवा कम्पनी श्री एयरलाइन्सको नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शनिबार राति आफ्नो तेस्रो टर्बोप्रोपको रुपमा क्यु–४०० सिरिजको बम्बार्डियर जहाज नेपाल भित्र्याएको हो । 

जहाज थपिएसँगै श्रीले नियमित उडानका लागि तीनवटा गन्तव्यमा थप्ने योजना रहेको प्रवक्ता अनिल मानन्धरले बताए। ‘अहिले जहाजमा आवश्यक डेनपेन्ट भइसकेको छ’, उनले भने,  ‘हामी जहाज संख्या विस्तारसँगै सुर्खेत, भरतपुर र तुम्लिङटारमा छिटै नियमित उडान सुरु गर्दैछौं। 

एयरलाइन्सले पाँचवटा टर्बाेप्राेप थप्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेकाेमा  तत्काल तीन वटा टर्बोप्रोप ल्याउने अनुमति पाएको थियो। साेही अनुरूप कम्पनीले थप एउटा जहाज आउँदो जनावरीभित्रै ल्याउन लागेको उनले बताए ।

कम्पनीले हाल दुई जेट इन्जिनयुक्त सीआरजे-२००, दुई सीआरजे-७०० र दुई प्रोपेलर इन्जिनयुक्त क्यु-४०० सिरिजका जहाजमार्फत मुलुकका आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ।

तीनवटा थपिएसँगै कम्पनीको जहाज संख्या नौवटा हुनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया