भोलिसम्म कायम शेयरधनीहरुले मात्र निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपरको लाभांश पाउने, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं । भोलि अर्थात पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपरको लाभांश पाउनेछन् । 

निर्धन उत्थान लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा  वार्षिक साधारण सभा बस्ने भएको छ । 

त्यस्तै नेपाल हाइड्रो डेभलोपरले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गतेदेखी पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १२ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीको वार्षिक साधारण सभा पुस २८ गते दिउँसो ३ बजे डिल्लीबजार स्थित रजिष्टर्ड कार्यालयमा हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया