कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २१९ जनामा कोरोनाको संक्रमण भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ ।
प्रतिक्रिया