सवारी पास, लाइसेन्स र जरिवानाबाट चितवनमा मात्रै साढे ३१ करोड संकलन

३ बर्ष अगाडि

यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आर्थिक वर्षको ५ महीनामा झण्डै साढे ३१ करोड संकलन गरेको छ । गएको साउनदेखि मंसिरसम्म सवारीसाधन कर, चालक अनुमति पत्र तथा सवारी किताव, यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजुबाट ३१ करोड ४८ लाख ६६ हजार ६२० रुपैयाँ संकलन गरेको हो ।

कार्यालयले यो ५ महीनाको अवधिमा सबैभन्दा बढी आम्दानी साउनमा गरेको छ भने कम भदौमा गरेको छ । कार्यालयका अनुसार साउन महीनामा ७ करोड ७९ लाख ५ हजार ९३० रुपैयाँ र भदौ महीनामा ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ राजस्व संकलन गरेको हो । 

यस्तै असोज महीनामा ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयाँ, कात्तिक महीनामा ६ करोड ५२ लाख १ हजार २४८ रुपैयाँ  र मंसिरमा ६ करोड ९७ लाख ९६ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो । 

अघिल्लो आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छुटेका सवारीधनीहरुले साउन महीनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महीनामा बढी आम्दानी हुने गरेको कार्यालय प्रमुख विनोद  बताए ।

‘चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महीना भन्दा बढी राजस्व संकलन हुन्छ पौडेलले भने, भदौ महीनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व संकलन भएको हो ।’ कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।  ‘पाँच महीनामा नै हाम्रो आम्दानी ३१ करोड नाघेको छ, उनले भने, अहिले चालक अनुमतिपत्र नवीकरणबाट पनि थप आम्दानी भएको छ । लक्ष्यभन्दा बढीनै संकलन हुन्छ ।’ कार्यालय प्रमुख पौडेलले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया