आइतबार पनि शेयर बजारमा रौनकता कायम, ७१ अंकले बढेको बजारमा ५ अर्ब बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि शेयर बजारमा रौनकता कायम नै छ ।

नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा पुगेको छ । नेप्से २.८२ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ८६ लाख एक हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको श्ेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह बढेको छ । आज हाइड्रोपावर र फाइनान्स समूह घटेका हुन् ।

आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३२ करोड ७ लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज १५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमध्ये मध्य भोटेकोशी बाहेक बाँकी सबै इन्स्योरेन्स कम्पनीहरू रहेका छन् । 

यस दिन गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.५७ प्रतिशतले घटेर ७ सय ९७ रूपैयाँमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया