काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सकरात्मक माहोल देखिएसंगै कारोबार रकम पनि बढेको छ । आज नेपाल स्टक एक्सेन्च(नेप्से)मा ५ अर्ब १७ करोड ३२ लाख बढीको शेयर कारोबार भएको छ ।
सो बराबरको कारोबार हुदाँ नबिल बैंकले सार्वधिक कारोबार गरेको छ । नबिल बैंकले ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
यस्तै,हिमालयन डिष्टिलरी २६ करोड ६६ लाख ५२ हजार ६८५ रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।
यसैगरी, क्रमश ः नेपाल लाइफ इन्स्योरेन्सले १९ करोड ७ लाख ५१ हजार,शिवम् सिमेन्टले १५ करोड ५२ लाख ७ हजार,नेपाल दुरसञ्चार कम्पनीले १३ करोड ३३ लाख २९ हजार,नेपाल पुर्नबीमा कम्पनीले १२ करोड २१ लाख ८९ हजार,अरुण भ्यालीले १० करोड ६४ लाख ५० हजार,मञ्जुश्री फाइनान्सले ९६ लाख ४७ हजार,जीवन विकास लघुवित्तले ९६ लाख ४७ हजार र अपर तामाकोशीले ९३ लाख ५२ हजार बराबरको कारोबार गरेका छन् ।
प्रतिक्रिया