आइतबार शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
लगातार १४ वटा बीमा कम्पनीकाे मूल्य १० प्रतिशतले बढेको छ भने १५ औं नम्बरमा भने मध्य भोटेकोशी रहेको छ । अन्य १६ बीमा कम्पनीकाे पनि सर्किट लेभलमा काराेबार भएकाे छ ।
नेशनल लाईफ, युनाइटेड लाइफ, एभरेष्ट इन्स्योरेन्स, प्रीमियर, प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, एसीयन लाईफ, प्राइम लाईफ, गुराँस लाइफ, रिलायन्सलाईफ, प्रभुलाईफ, ज्योतीलाईफ र सानीमा लाईफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउनका लागि ऐन संसोधनको तयारी गरेसँगै दोश्रो बजारमा बीमा कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको हो ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ ।
दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया