काठमाडौं, दुई बीमा कम्पनी सहित ४ चार कम्पनीको २ अर्ब ७ करोड ६५ लाख ९१ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुने भएको छ ।
शिखर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, अपि पावर कम्पनी र नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) को हकप्रद जिष्कासनको पाइपलाइनमा रहेका छन् ।
हकप्रद शेयर जारी गर्न बोर्डसँग शिखर इन्स्योरेन्सले २०७८ जेठ २५ गते, आइएमई जनरल इन्स्योरेन्सले भदौ १७ गते, अपि पावर कम्पनीले असोज २५ गते र नेपाल फाइनान्स कम्पनीले कार्तिक १ गते अनुमति माग्दै निवेदन पेश गरेका थिए ।
बोर्डका अनुसार शिखर इन्स्योरेन्स कम्पनीले १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै, आइएमई जनरल इन्स्योरेन्सले १०ः४ को अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
यसैगरी अपि पावर कम्पनीले १ः०.३९३६ को अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने पालो पर्खिरहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, नेपाल फाइनान्सले पनि १ः०.७ को अनुपातमा ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता सेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया