नेपालका २८ प्रतिशत जनताले गरे बीमा

४ बर्ष अगाडि

नेपालमा २८ प्रतिशत जनताले जीवन बीमा गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार गत मंसिरसम्म  २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेको देखिएको छ ।

विगत एक वर्षमा जीवन विमा गर्नेको संख्या ५.९६ प्रतिशतले बढेको छ । गत वर्षको मंसिरसम्म बीमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो । 

मंसिरसम्ममा ९० लाख नौ हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बीमालेख जारी भएको बीमा समितिले जनाएको छ । 

जीवन बीमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बीमालेख संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क उठाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया