काठमाडौं-बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
लघुवित्तले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्तावसहित ३० पुसमा सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।
सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।
साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया