मध्य भोटेकोशीको १४ लाख बढी कित्ता खरिदमाग, बिक्री माग भने शून्य

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा कारोबार सुरु भएको तीन घण्टाको अवधीमा मध्य भोटेकोशी जलविद्युतको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

२ बजेसम्म नेप्सेमा मध्य भोटेकोशीको १४ लाख २९ हजार १६ कित्ता शेयर खरिदमाग भएको हो भने सो अवधीसम्म पनि बिक्री माग शून्य रहेको छ ।

यस्तै, मध्य भोटेकोशी आजबाट दोस्रो बजार अर्थात नेप्सेमा कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु.१०० मा भएको थियो । कारोबारमा आएको केही मिनेटमै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.११० पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया