१३.५२६ प्रतिशत पारितका लागि मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा,कहिले र बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौंँ, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १३.५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर वितरण पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया