काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबारमा आएको केही समयमै मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.११० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ६ लाख ४५ हजार ३७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
नेप्सेमा कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा पहिलो कारोबार भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही आधारमा यस दिन कम्पनीको शेयर कारोबार खुल्नेछ।
नेप्सेले कम्पनीको शेयरलाई एमबीजेसी कारोबार संकेत प्रदान गरेको छ। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार भएको हो।
प्रतिक्रिया