काठमाडौं, साताको पहिलो कारोबार दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१९ अंक बढेर २५३१.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६२ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ७१ लाख ३६ हजार २८३ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ३५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयर मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया