राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न पाँच जनाको नाम सार्वजनिक, को को ?

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि प्रकाशन गरेको सूचना अनुसार आवेदन दिएका मध्ये पाँच जनाको नाम हिजो प्रकाशित गरिएको छ ।

यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । हिजो प्रकाशित सूचना अनुसार पहिलो नम्वरमा तोयराज अधिकारी, दोस्रो नम्वरमा बुद्धकाजी श्रेष्ठ र तेस्रो नम्वरमा राम बहादुर खड्का रहेका छन् । त्यस्तै चौथो नम्वरमा सुरेन्द्र थापा तथा शेयर बराल रहेका छन् ।

सर्टलिष्टमा परेका तोयराज अधिकारी बेष्ट फाइनान्स पूर्व सिईओ हुन् । दोस्रो नम्बरमा नाम रहेका बृद्धकाजी श्रेष्ठ युनाईटेड इन्स्योरेन्स कम्पनीमा चौधरी ग्रुपको तर्फबाट सञ्चालक थिए ।

तेस्रो नम्वरमा रहेका खड्का राष्ट्रिय बीमा संस्थानका पूर्व प्रशासक हुन् । उनैका पालामा राष्ट्रिय बीमा कम्पनीको स्थापना भएको थियो । चौथो नम्वरमा रहेको सुरेन्द्र थापा हाल अजोड इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत छन् ।

त्यस्तै पाँचौं नम्वरमा रहेका शेखर बराल युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्व सिईओ हुन् । सर्टलिष्टमा परेकाहरुलाई अर्र्को सूचनामार्फत व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि बोलाइने कम्पनीले हिजोको मितिमा आज प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया