काठमाडौं, नेपाली बजारमा सुजुकीको नयाँ सेलेरियो आउने भएको छ । धेरै माइलेज, उत्कृष्ट प्रफमेन्स भएको यो गाडी एक महिना भित्रै नेपाली बजारमा सार्वजनिक हुने भएको हो ।
सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटसकोर्पले बुकिङ गर्न चहानेहरुको लागि प्रि–बुकिङ समेत खुलाएर सुजिकीको नयाँ सेलेरियो ल्याउने तयारी गरेको हो । नेपाली बजारमा आउने मिति नतोकिए पनि कम्पनीले यो गाडी शुक्रबारदेखि २०२१ मोडलको प्रि बुकिङ समेत खुलाएको छ ।
सेलेरियो उत्कृष्ट फिचर नै माइलेज हो । हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालको सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दावी छ । माइलेज बढाउन सो कारमा आइडल स्टार्ट–स्टप फिचर समेत दिइएको छ ।
नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले जनाएको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।
सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २४३५ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३१३ लिटर क्षमताको बुट स्पेश र ३२ लिटरको इन्धन ट्याङ्की रहेको छ ।
नयाँ सुजुकी सेलेरियोमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ भने यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन लगाएतका बिशेषता पनि उपलब्ध छ ।
यसैगरी यसमा मारुती स्मार्ट प्ले अडियो सिस्टम, आइडल स्टार्ट÷स्टप फङसन, पुश स्टार्ट÷स्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समावेश गरिएको छ । यसको क्यावीन पहिलेको भन्दा प्रिमियम पनि पाउन सकिन्छ । यसको अगाडिको चक्कामा डिस्क र पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ ।
सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ । सो कारले नेपाली बजारमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया